फ्रेन्च मिडफिल्डर २ वर्षपछि मैदान फर्कने भएका छन्। सन् २०२३मा डोपिङ परीक्षणमा असफल भएपछि उनी मैदान बाहिर रहँदैका थिए।
नयाँ सिजनका लागि ३२ वर्षीय स्टार मिडफिल्डर पोग्बाले फ्रेन्च क्लब एएस मोनाकोसँग साम्झौता गरेका छन्। उनी अब २ वर्ष मोनाकोमा रहने छन्।
युभेन्ट्स, म्यान्चेस्टर युनाइट र फ्रान्सको राष्ट्रिय टिममा आफूलाई प्रमाणित गरिसेकका पोग्बा २०२३ को सेप्टेम्बरमा डोपिङमा मुछिएका छन्। त्यतिबेला उनलाई ४ वर्षको प्रतिबद्ध लगाइएको थियो।
तर, पछि अन्तर्राष्ट्रिय खेलाडी अदालतले उनको प्रतिबन्ध १८ महिनामा झारेको थियो। उनको २०२५ मार्चमा सकिएको थियो। उनी मध्य सिजनमै फुबटलमा फर्कन चाहेको थिए, तर उनलाई कुनै क्लबले अनुबन्धन गरेका थिएनन्।
फ्रिट्रान्सफरमा मोनाकोमा आबद्ध भएसँगै पोग्बा आगामी सिजन च्याम्पियन्स लिगमा पनि देखिने छन्। मोनाकोसँग सम्झौता गरेपछि पोग्बाले आफू मैदान फर्कन आतूर रहेको बताएका छन्। ‘मोनाकोले मलाई नयाँ सुरुआतको मौका दिएको छ। यसले मेरो आत्मविश्वास र शक्ति फर्काएको छ, र मैदानमा फर्किन आतुर छु,’ उनले भनेका छन्।
यता, मोनाकोका प्रशिक्षक आद्रिएन सेहले पोग्बाको आगमनलाई क्लबको महत्वपूर्ण कदमको रूपमा लिएका छन्। उनको आगमनले टिम थप बलियो भएको उनले बताए।
पोग्बाले आफ्नो करिअरमा म्यानचेस्टर युनाइटेड र जुभेन्टसमा शानदार प्रदर्शन गरेका थिए। फ्रान्सको २०१८ विश्वकप जितमा निर्णायक भूमिका खेलेका थिए। यद्यपि, उनको व्यक्तिगत जीवनमा आएका विवाद र चोटले उनको करिअरमा उतारचढाव आएको थियो, तर मोनाकोले उनलाई पुनर्जननको अवसर दिएको छ।
उनलाई भित्र्याउन साउदी क्लब र अन्य युरोपेली क्लबहरूको चासो देखाएका थिए। पोग्बाले अब करिअरको उतरार्धमा घरेलु लिग खल्ने अवसर पाएका छन्।
पोग्बको पुनरागमनले न केवल पोग्बाको करिअरलाई नयाँ उचाइमा पुर्याउनेछ, बरु मोनाकोको आकांक्षालाई समेत नयाँ दिशा अपेक्षा गरिएको छ।
