शुभमको घातक बलिङमा जापानमाथि नेपालको सानदार जित

24 Jun, 2025

मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपमा नेपालले लागतार दोस्रो जित निकालेको छ। क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार नेपालले जापानलाई ९ विकेटले हराएको हो।

८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि शिवान्सु बजगाईंले सर्वाधिक ३८ रन बनाउँदा प्रसिद्ध जोशीले ३३ रन बनाए। बलिङमा जापानका काइसेई कोबाएसी डोगेटले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमै अलआउट भयो। उसका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ र गाबी हाराहिन्जले १३ रन बनानु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जापानको इनिङ धरासयी बनउाने क्रममा नेपालका शुभम खनालले घातक बलिङ गरे। उनले १० ओभरमा ३ मेडनसहित १५ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै, अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विविन शर्माले समान १ विकेट लिए।

यो नेपालको प्रतियोगितामा लागतार दोस्रो जित हो। यसअघि नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो। अब नेपालले तेस्रो जुन २९मा इन्डोनेसियासँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]