नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले दोस्रो संस्करणको नेपाल प्रियिमर लिग (एनपिएल) पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन्।
लुम्बिनीले मंगलबार सामाजिक सञ्जालबाट आफ्ना मार्की खेलाडी तथा कप्तान रोहितलाई दोस्रो संस्करणका लागि रिटेन गरेको जनाएको छ।
रोहितको कप्तानीमा रहेको लुम्बिनी पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो। तर, रोहितले भने ब्याटबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले शतक पनि बनाएका थिए।
लुम्बिनीले प्रतियोगिताको नियमअनुसार रिटेन गर्न पाउन अन्य ५ खेलाडीको नाम भने घोषणा गरेको छ।
अघिल्लो सिजन लुम्बिनीबाट राष्ट्रिय टिमका सदस्य सन्दिप जोरा, विवेक यादव, सूर्य तामाङ, अर्जुन साउदलगायत आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अभिशेष गौतम, दिनेश अधिकारी, विकास आग्रीले खेलेका थिए।
लुम्बिनीले सन्दिप, विवेक, सूर्य तामाङ रिटेन गर्ने पक्का छ भने अन्य दुई खेलाडीमा युवा बलरद्वय अविशेष र दुर्गेशत तथा अर्जुन साउद मध्ये एक हुनेछन्।
