लुम्बिनीले क–कसलाई रिटेन गर्‍यो?

25 Jun, 2025
Share:
117 Shares

नेपाल प्रियिमर लिगको फ्रेन्चाइजी टिम लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि ६ खेलाडी रिनेट गरेको छ। 

मंगलबार नै कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेललाई रिनेट गर्ने घोषणा गरेको लुम्बिनीले बुधबार थप ५ खेलाडीलाई रिटेन गरेको छ। 

लुम्बिनीले राष्ट्रिय टिमबाट खेलिसकेका ब्याट्सम्यन सन्दीप जोरा र अलराउन्डर विवेक यादवलाई रिटेन गरेको छ। दुवै राष्ट्रिय टिमबाट खेलपछि पछिल्लो स्कटल्यान्ड भ्रमणमा भने टिममा थिएनन्। 

यस्तै, लुम्बिनीले दुई युवा स्पिनर तिलक भण्डारी र अविशेष गौतम तथा युवा ब्याट्सम्यान दिनेश अधिकारीलाई पनि रिटेन गरेको छ। लुम्बिनीले दुर्गेस गुप्ता, अर्जुन साउद, सूर्य तामाङ जस्ता खेलाडीलाई छाडेर युवा खेलाडीलाई रिटेन गरेको हो।