अमेरिकामा जारी क्लब विश्वकपमा पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। बिहीबार राति भएको खेलमा सिटीले इटालियन क्लब युभेन्ट्समाथि ५–२को सानदार जित निकाल्यो।
यो जितपछि सिटी लागतार तेस्रो जितसहित समूहका विजेताका रुपमा नकआउटमा प्रवेश गरेको छ । अब उसले नकआउटमा समूह एचको उपविजेता साउदी क्लब अल हिलालसँग खेल्ने छ। अल हिलाल शुक्रबार बिहान भएको खेलमा पुच्कामाथि २–०को जित निकाल्दै नकआउटमा पुगेको हो।
सिटीलाई जित दिलाउन जेरेमी डोकुले नवौं मिनेटमा गोल गरे । ११औं मिनेटम गोलकपिर इडर्सनको गल्तीको फाइदा उठाउँदै टेउन कुपमेइनसले युभेन्ट्सका लागि बराबरी गोल गरे। २६औं मिनेटमा पिएरे कालुलुले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा सिटीले पुनः अग्रता लियो।
त्यसपछि भने खेल एकपक्षीय बन्यो। ५२औं मिनेटमा अर्लिङ हालान्डले सिटीका लागि तेस्रो गोल गरे। ६९औं मिनेटमा फिल फोडेन र ७५औं मिनेटमा साविन्होले गोल गरेपछि सिटीले खेलमा ५–१को अग्रता बनायो। ८४औं मिनेटमा युभेन्ट्सका लागि डुसान भ्लाहोभिचले गोल गरे।
सिटीसँग पराजित भएको यभुेन्ट्सले भने नकआउटम रियल मड्रिडसँग खेल्नेछ।
