ब्राजिलियन सुपरस्टार नेमार जुनियर पछिल्लो चोटले सताइएका छन्। पछिल्ला केही वर्षमा नेमालरले निकै थोरै समय मात्र मैदानमा बिताएका छन्।
अहिले ब्राजिलियन क्लब सान्तोषबाट खेलिरहेका नेमार ३३ वर्षीय चोटमुक्त हुँदै मैदान फर्कने प्रयास गरिरहेका छन्।
यही मेसोमा ब्राजिलियन टिमका मुख्य प्रशिक्षक प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारलाई २०२६ विश्वकपको तयारीमा लाग्न सुझाव दिएका छन्।
यसको मतलब एन्सोलोटी नेमारलाई सन् २०२६को विश्वकपको ब्राजिलियन टिममा पूर्ण फिट भएको चाहन्छन्। उनी नेमारलाई विश्वकपका लागि ब्राजिलको सबैभन्दा महत्वपूर्ण खेलाडी ठान्छन्।
‘उसले राम्रोसँग तयारी गर्नुपर्छ, र त्यसका लागि समय पनि छ,’ एन्सोलोटीले एक अन्तर्वार्ताका क्रममा भनेका छन्।
२०२३ को एसीएल चोटपछि उनको खेल्ने शैली र स्थिरतामाथि प्रश्न उठिरहेको छ। सान्तोष फर्किएपछि उनले केही सुधार देखाए पनि एन्सेलोटीले उनलाई नियमित फिटनेस र अनुशासनमा जोड दिएका छन्। ‘नेमारले आफ्नो शरीरको ख्याल गर्नुपर्छ, किनकि ब्राजिलको विश्वकपको सपना उसको प्रदर्शनमा भर पर्छ,’ उनले भने।
३३ वर्षीय नेयमारले यो साता ब्राजिली क्लब सान्टोससँगको सम्झौता वर्षको अन्त्यसम्मका लागि नवीकरण गरेका छन्। तर, चोटका कारण उनको करिअरमा निरन्तर समस्या देखिएको छ। पछिल्ला पाँच महिनामा उनले सान्टोसका लागि केवल १२ खेल मात्र खेलेका छन्, जसमा तीन गोल गरेका छन्।
ेब्राजिलका सर्वकालिक गोलकर्ता (७९ गोल) नेयमार मे महिनाको अन्त्यमा अन्सेलोटीको पहिलो टोलीमा समावेश थिएनन्। नेयमारको अनुपस्थितिमा पनि प्याराग्वेमाथि १–० को जित निकाल्दै ब्राजिल विश्वकपमा छनोट भइसकेको छ।
