नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धकाे शतक, अन्य तीन खेलाडीकाे अर्धशतक

29 Jun, 2025

मलेसियामा जारी यू–१६ इस्ट जोन क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ। क्वालालम्पुरको सेलांगर टर्फ क्लबमा पहिला ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर ४२० रन बनाउँदै इन्डोनेसियालाई विशाल लक्ष्य दिएको हो।

यो नेपालले कुनै पनि क्रिकेटमा बनाएको सर्वाधिक रन हो भने जारी प्रतियोगिताको पनि यो सर्वाधिक रन हो।

नेपालले विशाल योगफल बनाउने क्रममा ओपनर प्रसिद्ध जैसीले शानदार शतक प्रहार गरे। उनले ११४ बलमा १५ चौका र १ छक्का मद्दतमा १३२ रनको पारी खेले। यस्तै, रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए।

यस्तै, विस्फोटक पारी खेलेका अर्का ओपनर परिमहर्जन यादवले २८ बलमा ४ चौका र ८ छक्का मद्दतमा ७१ रनज बनाए। परिमहर्जन र प्रसिद्धले पहिलो विकेटका लागि ६२ बलमा १३० रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए। यस्तै, जोय थापाले ४१ बलमा ५७ र सुगम बसढाथोकीले ३४ बलमा ३९ रन बनाए।

नेपालको विशाल योगफलमा तेस्रो विकेटका लागि प्रसिद्ध र रौनकले १३६ बलमा १४८ रनको साझारी गरेका थिए। यस्तै, पाँचौं विकेटका लागि सुगम र जोय ५७ बलमा ७४ रनको साझेदारी गरेका थिए।

बलिङमा इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १(१ विकेट लिए ।

नेपालले यसअघिका खेलमा जित निकालेको छ। पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]