नेपाल प्रिमियर लिग (एनपिएल) को टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि ७ खेलाडी रिटेन गरेको छ।
पोखराले आइतबार सामाजिक कप्तान तथा मार्की खेलाडी कुशल भुर्तेसहित ७ खेलाडी रिनेट गरेको हो।
पोखराले अर्का ओपनर दिनेश खरेल, तृतराज दास, अलराउन्डर किरण ठगुन्नना, स्पिनरद्वय सागर ढकाल र विपिन खत्री तथा फास्ट बलर आकाश चन्दलाई रिनेट गरेको हो।
७ खेलाडी रिटेन गर्ने पोखरा पहिलो टिम हो। यसअघि काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले समान ६ खेलाडी रिटेन गरेका थिए।
