च्याम्पियन्स लिगको फाइनलिस्ट इन्टर क्लब विश्वकपको अन्तिम १६बाटै बाहिरियो, फ्लुमिनेससँग २-०ले पराजित

1 Jul, 2025
Share:
117 Shares

युईएफए च्याम्पियन्स लिगको फाइनलिस्ट इटालियन क्लब इन्टर मिलान जारी फिफा क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ। सोमबार राति भएको खेलमा ब्राजिलिय क्लब फ्लुमिनेससँग २–०ले पराजित हुँदै इन्टर अन्तिम १६बाटै बाहिरिएको हो।

बलियो इन्टरविरुद्ध फ्लुमिनेसलाई जित दिलाउन जर्मन कानो र हर्कुलसले गोल गरे। खेलको तेस्रो मिनेटमै कानोको गोलमा फ्लुमिनेसले अग्रता लियो।

सुरुआतमै पछि परेको इन्टरले त्यसपछि फ्लुमिनेसमाथि निरन्तर दाबब बनायो। तर, गोल भने गर्न सकेन। तर, खेलको अन्त्यतिर फ्लुमिनेसले नै गोल थपेको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा हर्कुलसले गोल गरेका थिए।

यो जितसँगै क्लब विश्वकपमा सहभागी ४ मध्ये २ ब्राजिलियन क्लब क्वाटरफाइनलमा पुगेका छन्। यसअघि पाल्मेइरस पनि क्वाटरफाइनल पुगेको थियो।