पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटी अमेरिकामा जारी क्लब विश्वकपको अन्तम १६ बाटै बाहिरिएको छ। मंगलबार बिहान भएको खेलमा साउदी प्रो लिग क्लब अल हिलालसँग ४–२ले पराजित हुँदै सिटी अन्तिम १६बाटै बाहिरिएको हो।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। अल हिलालले थप गरिको ३० मिनेटका समयमा २ गोल गर्दै सिटीलाई स्तब्ध बनाएको हो।
खेलमा अल हिलालका लागि ब्राजिलिय खेलाडी मार्कोस लियोनार्दोले २ गोल गरे भने अर्का ब्राजिलियन खलाडी माल्कोम र कोलिडोउ कोलिबालीले पनि गोल गरेका थिए। यता, सिटीका अर्लिङ हालान्ड, बर्नार्डो सिल्भा र फिल फोडेनले गोल गरे।
नवौं मिनेटमा सिल्भाको गोलमा सिटीले अग्रता लियो। पहिलो हाफा १–०मै सकियो। दोस्रो हाफको पहिलो मिनेटमै लियोनार्दोले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए। ५२औं मिनेटमा माल्कोमले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए।
५५औं हालान्डले गोल गर्दै खेलालाई २–२को बराबरीमा ल्याए। निर्धारित समयको खेल २–२ कै बराबरीमा सकियो। थप गरिएको चौथो मिनेटमै पुनः अल हिलालले खेलमा अग्रता लियो। उसका कोलिबालीले गोल गरेका थिए।
१४औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि २२औं मिनेटमा लियोनार्दोले नै गोल गरेपछि खेलमा पुनः अल हिलाले अग्रता लियो। त्यही अग्रतालाई जोगाउँँदै अल हिलाल ४–३को जितसहित क्वाटरफाइनलमा पुग्यो।
अब अल हिलाल सेमिफाइनल प्रवेशका लागि ब्राजिलियन क्लब फ्लुमिनेससँग खेल्ने छ।
