महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंकासँग खेल्दै

2 Jul, 2025

एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ।

उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेल आज नेपाली समय अनुसार साँझ ६ः१५ मा सुरु हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन्।

यस अघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०–० को फराकिलो हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र श्रीलंका १० पटक भीडेका छन्। ती सबैखेलमा नेपाल अपराजित भएको छ।

त्यसैले पनि श्रीलंका नेपालका लागि सहज प्रतिद्वन्द्वी हो। तर पनि नेपालले श्रीलंकालाई सहज रुपमा भने लिने छैन। फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन्।

समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन।

समूहको शीर्षमा रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ। त्यस्तै अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]