महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित

2 Jul, 2025

गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो।

पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो। स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। सिमानाले ४० बलको सामना गर्दै १ चौका र १ छक्काको मद्धतमा ३१ रन बनाउँदै आउट भइन्।

कुशुमले २४ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडिन् । रविना बुढामगर ४ र रन्जना साउद ३ रनमा नटआउट रहिन् । आरमिना अधिकारी ६, सलिना सेन शुन्य, अपेक्षा बुढाथोकी शुन्य, निरु जिटी शुन्य, ज्योत्सनिका मरासिनी १, सेरिना थापा ६, आकृति शुन्यमा आउट भइन्।

कास्कीको लागि सुशिला डिम्टुक र चन्द्रमाया बरालले समान २÷२ तथा रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १÷१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनका बनायो । कास्कीको जितमा रेखा तामाङले ३३ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहिन्।

उनले ३७ बलमा ३ चौका प्राहर गरिन् । शिखा दवाडी १ रनमा नटआउट रहिन । कास्कीकी सिर्जना पौडेलले ३५ रनको योगदान दिइन् । उनले ५७ बलमा १ चौका प्रहार गरिन्।

स्याङ्जाका लागि सिमाना केसीले ४ ओभरमा १४ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । निरु जिटीले १ विकेट लिइन्।

दोस्रो खेलमा नवलपुरले पर्वतमाथि ४६ रनको जित हासिल गरेको छ । ७७ रनको विजयी लक्ष्य पाएको पर्वतलाई ९.५ ओभरमा ३० रनमै अलआउट गर्दै नवलपुरले जित हासिल गरेको हो। पर्वतका लागि कुनैपनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन्।

नवलपुरका लागि आयुषा चापागाईँँले ३.५ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । उनी खेलको वुमन अफ दी म्याच घोषित भइन् । यस्तै पुर्णिमा सुनारले २ तथा श्रेया शर्माले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुर १५.४ ओभरमा ७६ रनमा अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । उनले ४८ बलमा ३ चौका प्रहार गर्दै ३२ रनको योगदान दिइन् ।

पर्वतका लागि प्रतिभा खड्का र कृषा अखेलीले समान २÷२ तथा अनुसा पौडेल, जविका क्षेत्री र सुशिलाा भट्टराईले १÷१ विकेट लिइन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा कुल चार जिल्लाको सहभागिता रहेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]