आसिफ जनकपुर बोल्ट्सबाट मार्की खेलाडीकै रुपमा रिटेन

3 Jul, 2025
Share:
117 Shares

नेपाल प्रियिमर लिग (एनपिएल)को च्याम्पियन टिम जनकपुर बोल्ट्सले ओपनर आसिफ सेखलाई मार्की खेलाडीकै रुपमा रिटेन गरेको छ।

जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमका नियमित ओपनर आसिफलाई मार्की खेलाडीकै रुपमा दोस्रो सिजनमा पनि निरन्तता दिने जनाएको हो।

पहिलो सिजनमा जनकपुरले आसिफलाई मार्की खेलाडी बनाए पनि कप्तान भने अर्का ओपनर अनिल साहलाई बनाएको थियो। अनिल घायते भएपछि फाइलनसहित पछिल्ला केहीमा भने आसिफले कप्तानी गरेका थिए।

जनकपुरले रिटेन हुने अन्य खेलाडी भने सर्वाजनिक गरेको छैन। सम्भवतः जनकपुरले पहिलो सिजनको सर्वोत्कृष्ट बलर ललित राजवंशी, कप्तान अनिल साह, बलर किशोर महतो र हेमन्त धामी, अलराउन्डर शेर मल्ल र मयन यादव मध्ये ६ खलाडी रिटेन गर्ने छ।

पहिले सिजन फाइलनमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको थियो।