लिभरपुलले जोटाको सम्मानमा २० नम्बरको जर्सी रिटायर्ड गर्ने

4 Jul, 2025

लिभरपुलले आफ्ना स्टार विंगर डिएगो जोटालाई करिअरको उत्कृष्ट समयमै गुमाएको छ। २८ वर्षीय जोटाको बिहीबार स्पेनमा कार दुर्घटनामा निधन भएको थियो।

आफ्ना स्टार खेलाडी गुमाए लगत्तै लिभरपुलले उनको सम्मानमा २० नम्बरको जर्सीलाई ‘रिटायर्ड’ गर्ने घोषणा गरेको छ। यसको मतलब लिभरपुलमा अब २० नम्बरको जर्सीमा कुनैपनि खेलाडी देखिने छैनन्।

‘यो सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो,’ लिभपुलले भनेको छ।

गत अप्रिलमा भएको मर्सीसाइड डर्बीमा जोटाले लिभपुलका लागि अन्तिम गोल गरेका थिए। सन् २०२०मा लिभरपुल आएका जोटाले क्लबका लागि १८२ खेल खेल्दै ६५ गोल गरेका छन्। यसै वर्ष पोर्चुगलका लागि नेसन्स लिग जितेका जोटा करिअरको उत्कृष्ट लयमा थिए।

बिहीबार बिहान भएको कार दुर्घटनामा जोटासँगै उनका भाई आन्द्रे सिल्भाको पनि निधन भएको थियो। उनी पोर्चुगलको दोस्रो डिभिजन क्लबमा आबद्ध थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]