अल हिलाललाई हराउँदै ब्राजिलियन क्लब फ्लुमिनेस क्वब विश्वकपको सेमिफाइनलमा

5 Jul, 2025
Share:
117 Shares

ब्राजिलियन क्लब फ्लुमिनेस क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा साउदी क्लब अल हिलालमाथि २–१को जित निकाल्दै फ्लुमिनेस फाइनलमा पुगेको हो।

फ्लुमिनेसको जितमा म्याथिस मार्टिनेली र हर्कुलसले गोल गरे भने अल हिलालका मार्कस लियोनार्डोले गोल गरेका थिए।

खेलमा ४०औं मिनेटमा मार्टिनेलीको गोलमा फ्लुमिनेसले अग्रता लियो। पहिलो हाफमै अन्तिम समयमा अल हिलालले पेनाल्टी पायो। तर, भारमार्फत उक्त निर्णय ओभरटर्न भएको थियो।

दोस्रो हाफको सुरुआतमै गोल गर्दै अल हिलाल खेलमा फर्कियो। ५१औं मिनेटमा उसका लियोर्डोले गोल गरेका थिए। उनको यो जारी प्रतियोगिताको चौथो गोल हो।

त्यसपछि हर्कुलसले ७०औं मिनेटमा गोल गर्दै फ्लुमिनेसलाई पुनः खेलमा अग्रता दिलाए। त्यही अग्रतालाई अन्त्यसम्म कायम राख्दै फ्लुमिनेस सेमिफाइनलमा पुगेको हो।