नेपालले जित्यो यू-१६ इस्ट जोन कपकाे उपाधि, थ्रिलर फाइनलमा सिंगापुरलाई २ विकेटले हरायो

5 Jul, 2025

नेपाली युवा क्रिकेट टिमले एसिसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ। शनिबार मलेसियाको बांगीमा भएको थ्रिलर फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो।

नेपालले अपराजित रहँदै उपाधि जितेको हो। यो प्रतियोगितामा नेपालले लतगार दास्रो पटक हरायो।

नेपालको एसिसीको यू–१६ प्रतियोगिताको चौथो उपाधि हो। यसअघि सन् २०२३ मा भएको इस्ट जोन कप जितेको थियो भने त्यसअघि एसीसीले यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दा २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो।

सिंगापुरले दिएको ११४ रनको झिनो लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। मिडलअर्डर फ्लप हुँदा नेपाल झिनो लक्ष्य पछ्याउँदा पनि निकै दबाबमा परेको थियो। तर, जोए थापाले सम्हालिको पारी खेल्दै टिमलाई जित दिलाए।

४०–२को बलियो अवस्थाबाट नेपाल ९२–८को दबाबपूर्ण अवस्थामा पुगेको थियो। आठौं विकेटका लागि जोए र अभय यादवले २५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। जोएले ५३ बलमा २४ र अभयले १० रन बनाए। जोएले नेपाललाई जितका लागि १९ रन चाहिएको अवस्थामा युवान पाण्डेको एक ओभरमा लागतार ती चौका प्रहार गर्दै नेपाललाई जिततर्फ लगेका थिए।

त्यअसघि जोएले छैठौं विकेटका लागि शुभम खालसँग ३३ रनको महत्वपूर्ण साझेदारी गरे। जसमा शुभमले ४० बलमा १८ रन बनाए। त्यसअघि शिवांश बजगाईले २०, प्रसिद्ध जोशीले १७ र प्रिमर्जन यादवले १३ रन बनाए।

झिनो लक्ष्यमा पनि नेपाललाई दबाबमा राख्ने क्रममा सिंगापुरका कपिश वेंकटरामनले ६ ओभरमा १८ रन मात्र खर्चेर ४ विकेट लिए भने युवान पाण्डेले २ विकेट लिए।

त्यअसघि पहिला ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै अलआउट भयो। उसका लागि रोहन अस्टिन अरुनले सर्वाधिक २३ रन बनाउँदा कप्तान रिआन नाइकले १५, वेदांश गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए। १०औं विकेटका लागि आकाश र वेदांशले २५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

सिंगापुरको इनिङ धरासायी बनाउने क्रममा नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान ३ विकेट लिए। यस्तै, शुभम खनालले २ किवेट लिए भने कप्तान विपिन शर्माले विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]