रौनक बने इस्ट जोन कपको सर्वोत्कृष्ट खेलाडी, विपिन उत्कृष्ट बलर

5 Jul, 2025

भुटानविरुद्ध १६८ रनको विस्फोटक पारी खेलेका रौनक श्रीवास्ता एसिसी यू–१६ इस्ट जोन कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

आजसम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको थियो। नेपाललाई च्याम्पियन बनाउन रौनकले ब्याटबाट प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका थिए।

रौनकले १ शतक र १ अर्धशतकसहित कुल २९६ रन बनाएका थिए। उनले भुटानविरुद्ध रौनकले १३२ बलमा १६ चौका र ५ छक्का मद्दतमा १६८ रन बनाएका थिए। यो नेपाली खेलाडीले ५० ओभरको खेलमा बनाएको व्यक्तिगत सर्वाधिक रन हो। यस्तै, उनले इन्डोनेसियाविरद्ध ८८ र सिंगापुरविरुद्ध ४० रन बनाएका थिए। सोही प्रदर्शनका आधारमा उनलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

प्रतियोगितामा सर्वाधिक रन बनाएका रौनक उत्कृष्ट ब्याट्सम्यान पनि बने। यस्तै, नेपाली टिमका कप्तान विपिनप्रसाद शर्मा उत्कृष्ट बलर बने। उनले प्रतियोगिताका कल ५ खेलमा १६ विकेट लिएका थिए। उनले इन्डोनेसियाविरुद्ध ७.३ ओभरमा २ मेडलसहित १२ रन मात्र खर्चेर ६ विकेट लिएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]