विराटनगरले सन्दीपलाई मार्की खेलाडीकै रुपमा रिटेन गर्‍यो, अन्य ५ खेलाडी को-को?

5 Jul, 2025
Share:
117 Shares

दोस्रो संस्करणको नेपाल प्रियिमर लिग (एनपिएल)का लागि फ्रेन्चाइजी टिम विराटनगर किंग्सले स्टार खेलाडी सन्दीप लामिछानेलाई मार्की खेलाडीकै रुपमा रिटेन गरेको छ।

पहिलो संस्करणमा प्लेअफमा पुगन नसकेको विराटनगरले दोस्रो सिजनका लागि सन्दीपसँगै ६ खेलाडीलाई रिनेट गरेको छ।

उसले ओपनर लोकेश बम, फास्ट बलर प्रतिश जिसी, अलराउन्डर बासिर अहमद, युवा ब्याट्सम्यान नरेन भट्ट र युवा स्पिनर सुवास भण्डारीलाई पनि रिटेन गरेको छ। ७ खलाडी रिटेन गर्न पाउने भएपनि उनले ६ खेलाडी रिटेन गरेको हो।

यसअघि सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स र काठमाडौं गोर्खाजले पनि ६ खेलाडी नै रिटेन गरेका थिए। यस्तै, च्याम्पियन जनकपुर बोल्ट्स, कर्णाली याक्सले समान ७ खेलाडी रिनेट गरेका थिए।