अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने एसियन कपको छनोट खेलेर नेपाली महिला फुटबल टिम स्वदेश फर्किएको छ।
उज्बेकिस्तानमा भएको छनोटको अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ले पराजित भएपछि नेपाल एसियन कपमा पुगन असफल भएको थियो।
नेपाली टिमलाई त्रिभवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वाग गरेका थिए।
स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए।
यस्तै कप्तान सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन्। उनले खेलमा प्रशिक्षकले पनि फरक तरिकाले मोटिभेट गरेको बताए।
प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने नेपाली टोलीसँग फर्किएका छैनन्। उनी उतैबाट बेल्जियम गएको एन्फाले जनाएको छ।
नेपालको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि आफ्नो खेलाडीहरु प्रति गर्व लागेको बताएका थिए। साथै उनले नेपाली खेलाडीहरुमा राम्रो सम्भावना भएको बताएका थिए ।
समूह एफमा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० पराजित गर्दै सानदार सुरुवात गरेको थियो।
