कप्तान शुभमन गिलले ब्याटिङमा र आकाश दिपले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट ३३६ रनले जितेको छ। गिलले खेलमा ४ सय बढी रन बनाए भने आकाशले १० विकेट लिए।
६०८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड २७१ रनमा अलआउट भयो। उसका लागि जेमी स्मिथले ८८ रन बनाउँदा बेर्डन केयर्सले ३८ र बेन स्टोक्सले ३ रन बनाए।
इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा आकाश दीपले उत्कृष्ट बलिङ गरे। उनले २१.१ ओभरमा २ मेडनसहित ९९ रन खर्चेर ६ विकेट लिए। यस्तै, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान १ विकेट लिए।
त्यसअघि भारतले पहिलो इनिङमा ५८७ रन बनाएको थियो। जसका कप्तान गिलले २६९ रनको उत्कृष्ट पारी खेले। यस्तै, जडेजाले ८९, यजस्वी जैसवालले ८७ र सुन्दरले ४२ रन बनाए। बलिङमा इंग्ल्यान्डका सोयब बसिरले ३ तथा जोस टोङ्गुए र क्रिस वोक्सले समान २ विकेट लिए।
इंग्ल्यान्डले पहिलो इनिङमा ४०७ रन बनाएको थियो। उसका स्मिथले १८४ र ह्यारी ब्रुक्सले १५८ रन बनाए । अन्यले भने गतिलो योगदान दिन सकेनन्। बलिङमा भारतका मोहम्मद सिराजले ६ तथा आकाश दीपले ४ विकेट लिए।
दोस्रो इनिङमा भारतले गिलकै उत्कृष्ट बलिङ मद्दतमा ४२७–६को अवस्थामा इनिङ डिक्लियर गरेको थियो। जसमा गिलले १६१ रन बनाए भने जडेजाले ६९, ऋषव पन्तले ६५ रन बनाउँदा केएल राहुलले ५५ रन बनाए।
कुल ४३० रन बनाएका शुभमन प्लेअर अफ दी सिरिज भए।
यो सँगै सिरिज १–१को बराबरीमा आएको छ। पहिलो खेल इंग्ल्यान्डले जितेको थियो।
