लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा मियामीको जित

10 Jul, 2025
Share:
117 Shares

कप्तान लियोनल मेसीले पुनः उत्कृष्ट प्रदर्शन गरेपछि मेजर लिग सकरमा उनको टिम इन्टर मियामी विजयी भएको छ। बिहीबार बिहान भएको खेलमा मियामीले न्यू इंग्ल्यान्डमाथि २–१को जित निकाल्यो।

मियामीको जितमा दुवै गोल मेसीले गरे भने न्यू इंग्ल्यान्डका कार्लेस गिलले गोल गरेका थिए।

मेसीले २७औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता लिए। उनले नै ३८औं मिनेटमा गोल गर्दै टिमको अग्रता २–०को बनाए। पछिल्ला ४ खेलमा मेसीको यो आठौं गोल हो। जसमा उनले ४ असिस्ट पनि गरेका छन्।

८०औं मिनेटमा गिलले गोल गर्र्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। तर थप गोल भने हुन सकेन।

मियामीले १८ खेलमा ३५ अंक जोड्लै पाँचौं स्थानमा छ। न्यू इंग्ल्यान्ड २० खेलमा २४ अंकसहित ११औं स्थानमा छ।