साम्बासहित १० खेलाडी महिला फुटबलर सम्मानित

10 Jul, 2025

एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० महलिा फुटबलरलाई सम्मानित भएका छन्।

द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले साम्बासहित १० खेलाडीलाई एक कार्यक्रमम गर्दै सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा नेपाली टिमका कप्तान सावित्रासँगै अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा राना छन्। यस्तै, राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल,सावित्री किसान, कुसुम खतिवडा र सुनकला राई पनि सम्मानित भए।

उनीहरुलाई स्कुलले जनही १० हजार रुपैयाँसहित सम्मान गरेको हो। यस्तै, उनीहरुलाई स्कुल र कलेजमा गरी १८ लाख बढीको छात्रवृत्तिसहित समेत प्रदान गरिएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.४ का वडाध्यक्ष दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए।

द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]