जोफ्रा आर्चर ४ वर्षपछि इंग्ल्यान्डको टेस्ट टिममा फर्किए, लर्ड्समा भारतविरुद्ध खेल्ने

10 Jul, 2025

इंग्लिस फास्ट बलर जोफ्रा आर्चर ४ वर्षपछि टेस्ट क्रिकेट खेल्ने भएका हुन्। इंग्लिस टिमले आजबाट लड्समा सुरु हुने भारतविरद्धको तेस्रो टेस्टका लागि आर्चरलाई प्लेइङ ११मा राखेको छ।

३० वर्षीय आर्चरले अन्तिम पटक सन् २०२१ को फेब्रुअरीमा अहमदावादमा भारतविरुद्ध खेलेका थिए। त्यसपछि उनी २ वर्ष चोटका कारण मैदानबाट बाहिरै रहेका थिए। चोटमुक्त मुक्त हुँदै फकिएपछि उनले इंग्ल्यान्डका लागि टि–२० र एकदिसीय खेले पनि टेस्ट भने खेलेका थिएनन्।

भारतविरुद्धको सिरिज घोषणा हुँदा आर्चर इंग्लिस टिममा थिएनन्। उसले दोस्रो टेस्टअघि आर्चरलाई टिममा राखेको थियो। आर्चरले दोस्रो टेस्ट नै खेल्न अनुमान गरिएपनि त्यहाँ भने उनले मौका पाएनन्।

उनले सन् २०१९मा टेस्टमा डेब्यू गरेका उनले १३ खेल खेल्दै कुल ४२ विकेट लिएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]