टी-२० विश्वकप एसिया छनोटको खेलतालिका सार्वजनिक, नेपालको समूहमा कुवेत र जापान

10 Jul, 2025

आईसीसी टी–२० विश्वकपको इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ।

आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

जसअनुसार सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ। जसअनुसार नेपाल समूह बीमा छ। यो समूहमा जापन र कुवेत छन्। यस्तै, समूह एमा मलेसिया, कतार र युएई छ भने समूह सीमा आयोजक ओमान, पपुपा न्युगिनी र सामोआ छन्।

नेपालले समूहको पहिलो खेल कुवेतसँग अक्टोबर ८मा खेल्नेछ। यस्तै, जापानसँग अक्टोबर १०मा खेल्ने छ।

प्रतियोगिता अक्टोबर ८ देखि १७ अक्टोबरसम्म ओमानमा हुने छ। जसमा समूहका शीर्ष २ टिम सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्समा प्रत्येक टिमले आफ्नो समूहको टिमबाहेक अन्य ४ टिमँग खेल्ने छ। जसबाट शीर्ष तीन टिम विश्वकपका लागि छनोट हुने छन्।

नेपाली टिमले छनोटको तयारी भारत, श्रीलंका र अस्ट्रेलियामा गर्ने छ। अस्ट्रेलियामा नेपाली टिमले टप इन्ट टि–२० प्रयोगिता खेल्ने छ। नेपालले छनोटका ठीक अघि युएईमा वेस्टइन्डिजसँग तीनको टि–२० सिरिज पनि खेल्ने छ।

प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]