नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रमियर लिगका लागि नेपाल आउने भएका छन्।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उनी प्रशिक्षकका रुपमा नेपाल आउन लागेका हुन्।
देसाईलाई काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त गरेको छ। काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत यसको जानकराी दिएको छ।
काठमाडौं गोर्खाजको प्रशिक्षक बनेपछि देसाईले नेपाल र नेपाली क्रिकेट आफ्नो मनमा सधैं रहिरहेको बताएका छन्।
देसाईको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले सन् २०२३ को एसिया कप तथा सन् २०२४ को टी–२० विश्वकप खेलेको थियो। केही समयअघि क्यानले सम्झौता नवीकरण नगरेपछि उनको नेपाली टिम छाडेका थिए।
गोर्खाजले दोस्रो सिजनका लागि मार्की खेलाडीमा करण केसीलाएृ नै निरन्तरता दिएको छ भने भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।
