साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

11 Jul, 2025

साफ यू–२० महिला च्याम्पियनसिप आजबाट बंगलादेशमासुरु हुँदैछ। प्रतियोतिगाको उद्घाटन दिउँसो ३ बजे बंगलादेश र श्रीलंकासँग खेलसँगै हुनेछ।

नेपाली महिला टिमले पहिलो दिन नै खेल्ने छ। जसमा नेपालको प्रतिद्वन्द्वी हुने भुटान । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ।

यू–२०मा नेपाल र भुटान आपसमा भीड्न लागेको यो दास्रो पटक हो। दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो।

बंगलादेशको ढाकामा जुलाई २१ सम्म चल्ने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन्। जसमा डिफेन्डिङ च्याम्पियन्स बंगलादेश, नेपाल, भुटान र श्रीलंका छन्।

नेपाली टिम : बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिmया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]