टोटेनहमले भित्र्यायो स्ट्राइकर द्वय कुडुस र गिब्स ह्वाइट

11 Jul, 2025

प्रिमियर लिग क्लब टोटेनहम हटस्परले आगमी सिजनका लागि दुई नयाँ स्ट्राइकर अनुबन्धन गरेको छ।

अघिल्लो सिजन लिगमा किनै खराब प्रदर्शन गरेपछि युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनोट भएको टोटनहमले टिमलाई बलियो बनाउन स्ट्राइकरद्वय मोहम्मद कुडुस र मोर्गन गिब्स ह्वाइटलाई अनुबन्धन गरेको हो।

नयाँ प्रशिक्षक थोमस फ्र्यांकले नयाँ खेलाडीका रुपमा दुवै टोटनहम भित्र्याउका हुन्। २४ वर्षीय कुडुसलाई उसले ५५ मिलियन पाउण्डमा वेस्टहमबाट अनुबन्धन गरेको हो। घानाका यी स्ट्राइकर सन् २०२३ मा मात्र डच क्लब आयाक्सबाट वेस्टहम आएका थिए। त्यहाँ उनले ८० खेल खेल्दै १९ गोल गरेका थिए।

मिडफिल्ड र स्ट्राइकर दुवै पोसिजनमा खेल्न सक्ने इंग्लिस खेलाडी गिब्स ह्वाइटलाई टोटनहमले नटिङ्हम फरेटबाट ल्याएको हो। २५ वर्षीय उनका लागि टोटनहमले ६० मिलियन पाउण्ड रिलिज क्लज ट्रिगर गरेको थियो।

वुल्भ्सको एकेडेमीका उत्पादन गिब्ल ह्वाइटले पछिल्ला तीन सिजन नटिङ्हमबाट खेलेका थिए। त्यहाँ उनले ११८ खेल खेल्दै १८ गोल गरेका थिए। गत सिजन नटिङ्हममा उत्कृष्ट प्रदर्शन गरेपछि उनले इंग्ल्यान्डको टिममा पनि डेब्यू गर्ने अवसर पाएका थिए। उनले राष्ट्रिय टिमबाट ४ खेल खेलेका छन्।

यता, गिब्स ह्वाइटको ट्रान्सफरलाई लिएर नटिङ्हमले अपिल पनि गरेको छ। उसले गिब्स ह्वाइटको ट्रान्सफरमा टोटनहमले ‘इलिगन अप्रोच’ गरेको आरोप लगाएको छ।

दुई स्ट्राइकरलाई भित्र्याउँदै थोमस फ्र्यांकले टिमको आक्रमण थप बलियो बनाएका छन्। टिमसँग डोमिनिक सोलन्के, रिचार्लिसन, ब्रेन्डन जोन्सन र कप्तान सन ह्युङ मिनजस्ता स्ट्राइकर छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]