यू-२० महिला साफमा नेपालले बंगलादेशसँग खेल्दै

13 Jul, 2025
Share:
117 Shares

यू–२० महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो।

सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।

बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। उसले नेपाललाई हराउँदै उपाधि जितेको थियो। उपाधि होड कायमै राख्ने आजको खेल नेपालका लागि महत्वपूर्ण छ।

यसअिघ पहिलो खेलमा नेपालले भुटानलाई ६–१ले हराउँदा बंगलादेशले श्रीलंकामाथि ९–१को हारेको थियो।

४ टिम सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा हुनेछ। र, लिगको शीर्ष टिम च्याम्पियन बन्ने छ।