मेसीको २ को गोलमा इन्टर मियामीको जित

13 Jul, 2025
Share:
117 Shares

लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा मेजर लिग सकरमा उनको टिम इन्टर मियामी विजयी भएको छ। आइतबार बिहान भएको खेलमो मेसीको २ गोल मद्दतमा इन्टर मियामीले नासविलमाथि २–१को जित निकाल्यो।

खेलमा मियामीको लागि दुवै गोल मेसीले गरे भने नासविलका लागि हनी मुख्तरले गोल गरेका थिए। खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल भएको थियो।

खेलमा १७ औं मिनेटमा मेसीको गोलमा मियामीले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफ सुरु भएको चार मिनेट नवित्तै नासविलले खेललाई बराबरीमा ल्यायो। ४९औं मिनेटमा उसका मुख्तरले गोल गरेका थिए।

त्यसपछि मेसीले नै ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले विपक्षी गोलकिपरको गल्तीको फाइदा उठाउँदै गोल गरेका हुन्। मेसीले लगतार ५ खेलमा २ गोल गरेका हुन्। त्यसपछि थप गोल नहुँदा मियामी विजयी भयो।

यो जितपछि १९ खेलमा ३८ अंक जोड्दै लिगमा मियामी पाँचौ. स्थानमा छ। २२ अ‍ेलमा ४१ अंकसहित नासविल तेस्रो स्थानमा छ।