इस्ट जोन कप विजेता यू–१६ टिमलाई क्यानले जनही ५० हजारसहित सम्मान गर्ने

13 Jul, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले गत साता मलेसियामा सम्पन्न एसिसी यू–१६ इस्ट जोन कप विजेता नेपाली टिमलाई सम्मान गर्ने भएको छ।

क्यानका अनुसार क्यानले नेपाली टिमका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्नेछ।

मलेसियामा भएको प्रतियोगितामा नेपालले फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको थियो। यो प्रतियोगिताको यसअघिका दुवै संस्कण पनि नेपालले नै जितेको थियो।

टिमको कप्तानी स्पिनर विपिनप्रसाद शर्माले गरेका थिए।