इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

13 Jul, 2025

बंगलादेशमा जारी यू–२० महिला साफ च्याम्पियनसिपमा नेपाल पराजित भएको छ।

बंगलादेशका ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आइतबार साँझ भएको खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल घरेलु टोलीसँग ३–२ले पराजित भयो। खेलमा २ गोलले पछि परेको अवस्थामा २–२को बराबरी गरेपनि नेपाल इन्जुरी समयमा सम्हालिन नसक्दा पराजित भयो।

खेलमा नेपालका लागि अनिशा राई र मीना देउवाले गोल गर्दा बंगलादेशको जितमा सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले गोल गरे।

खेलमा १४औं मिनेटमा सिन्हा शिखा र ३६औं मिनेटमा सागोरिकाले गोल गरेपछि बंगलादेशले पहिलो हाफमा २–०को अग्रता लियो। ५६औं मिनेटमा दुवै टिम १० खेलाडीमा समेटिए। नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी सागोरिकाबीच हात हालाहाल भएपछि दुवैले रातो कार्ड पाए।

७७औं मिनेटमा पेनाल्टीमार्फत अनिशाले गोल गर्दै नेपाललाई खेलमा फर्काइन्। ८६औं मिनेटमा मीनाले गोल गरेपछि बलियो बंगलादेशविरुद्ध नेपालले बराबरी गरेको थियो। तर इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोतीले गोल गर्दै बंगलादेशलाई जित दिलाइन्।

डिफेन्डिङ च्याम्पियन बंगलादेशको यो लागता दोस्रो जित हो। यसअघि उसले श्रीलंकालाई ९–१ले हराएको थियो। ऊ ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यता, पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]