क्यानले महिलाको पनि एकदिवसीय प्रतियोगिता गर्ने

14 Jul, 2025

नेपाल क्रिकेट संघ (क्यान) ले महिलाको पनि एदिवसीय प्रतियोगिता गर्ने तयारी गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजनाको तयारी भइरहेको बताए। उसले सो प्रतियोगिता यसै आयोजना गरिने बताए।

अध्यक्ष चन्दले महिला क्रिकेटको विकास र महिलाको पनि एकदिवसीय मान्यता पाउन ५० ओभरको प्रतियोगिता आवश्यक रहेकाले क्यानले त्यसैअनुसारी गरेको जनाए।

प्रतियागितामा कम्तीमा चार टिम सहभागी गराउने क्यानको तयारी छ । महिला क्रिकेटको पनि एकदिवसीय प्रतियोगिता गरेपछि महिलाको ओडिआई मान्यता पाउन आधार बन्ने उनको भनाई छछ

क्यानले वार्षिक क्यालेन्डरमा पनि ५० ओभरको ‘महिला इलिट कप’ आयोजना गर्ने उल्लेख गरेको थियो।

सोही अनुसार क्यानले प्रतियोगिता आयोजनाका तयारी गरेको छ। क्यान प्रतियाेगिताकाे अाैपचारिक घाेषणाा भने गरिसकेकाे छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]