नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा वर्तमान सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल दोस्रो सिजन पनि कर्णाली याक्सको प्रशिक्षक बनेका छन्।
कर्णालीले सोमबार सामाजिक सञ्जालमार्फत मल्ललाई प्रशिक्षक तथा क्रिकेट निर्देशकको भूमिकामा निरन्तरता दिने निर्णय गरेको हो। मल्लासँग थप एक वर्षको सम्झौता गरिएको कर्णालले जनाएको छ।
मल्लाको प्रशिक्षणमा रहेको कर्णाली पहिलो सिजन प्लेअफसम्म पुगेको थियो।
दोस्रो सिजनका लागि कर्णालीले मार्की खेलाडी सोमपाल कामी, गुलशन झा, नन्दन यादव, बिपिनप्रसाद शर्मा, दिपेन्द्र रावत, अर्जुन घर्ती र युनिषसिंह ठकुरीलाई रिनेट गरेको छ।
