रोमाञ्चक लर्ड्स टेस्टमा भारतमाथि इंग्ल्यान्डको जित

15 Jul, 2025

रोमाञ्चक बनेको लर्ड्स टेस्टमा इंग्ल्यान्ड विजयी भएको छ। पाँचौं दिनको अन्तिम सेसनमा १९३ रनको सामान्य लक्ष्य पछ्याएको भारतलाई १७० रनमा अलआउट गर्दै इंग्ल्यान्डले २२ रनको रोमाञ्चक जित निकाल्यो।

भारतका लागि रविन्द्र जडेजाले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। जडेजाले आठौं, नवौं र दाशौं विकेटका लागि नितिशकुमार रेड्डी, जसप्रित बुमराह र मोहम्मद सिराजसँग ३०, ३५ र २३ रनको साझेदारी गर्दै भारतलाई जित नजिक लगेका थिए।

त्यसअघि केएल राहुलले ३९ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। भारतलाई सस्तैमा समेट्ने क्रममा कप्तान बेन स्टोक्स र जोफ्रा आर्चारले समान ३ विकट लिँदा ब्रेडन कर्सले २ विकेट लिए।

त्यसअघि पहिलो इनिङमा दुवै समान ३८७ रन बनाएका थिएका थिए। इंग्ल्यान्डका जो रुटले शतक बनाएका थिए भने कर्सले अर्धशतक बनाएका थिए। बलिङमा भारतका बुमराहले ५ विकेट लिएका थिए।

यता, भारतका लागि पहिलो पारीमा केएल राहुलले शतक बनाए भने ऋषव पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रनको पारी खेलेका थिए। बलिङमा इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा जोफ्रा आर्चार र बेन स्टोक्सले समान २ विकेट लिए।

दोस्रो इनिङमा इंग्ल्यान्डले १९२ रनमै अलआउट भएको थियो। उसका जो रुटले सर्वाधिक ४० रन बनाउँदा स्टोक्सले ३३ रन बनाए। बलिङमा भारतका वासिङ्टन सुन्दरले ४ विकेट लिँदा बुमराह र सिराजले समान २ विकेट लिए।

यो जितसँगै इंग्ल्यान्डले ५ खेलको सिरिजका २–१को अग्रता लिएको छ। चौथो टेस्ट म्यान्चेस्टरमा २३–२७ जुलाईसम्म हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]