महिला टि–२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

9 Nov, 2023

हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टि–२० सिरिजमा नेपालले पहिलो खेल तान्जिनियासँग खेल्ने भएको छ।

कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने सिरिजमा नेपालले पहिलो दिन नै तान्जानियासँग खेल्ने भएको छ। प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ। त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

सिरिजका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]