रियलले भित्र्यायो डिफेन्डर अल्भारो कारेरास

15 Jul, 2025

स्पेनिस क्लब रियल मड्रिडले युवा लेफ्टब्याक अल्भारो कारेरासलाई अनुबन्धन गरेको छ। रियलले २२ वर्षीय कारेरासलाई पोुर्चगिज क्लबबाट अनुबन्धन गरेको हो।

यी स्पेनिस डिफेन्डर भित्र्याउन रियलले ५० मिलियन युरो खर्चियो। योसँगै उनी रियलको इतिहासकै सबैभन्दा महँगा लेफ्टब्याक बनेका छन्। रियलले कारेरासलाई आजै सर्वाजनिक गरेको छ।

रियलसँग सम्झौता गरेपछि कारेरासले आफू यहाँ बालकका रुपमा आए पनि अहिले युवा भएर फर्किएको बताएका छन्। उनले क्लबका लागि उच्चस्तरको प्रदर्शन गर्न प्रयास गर्ने बताए।

‘म क्लबका लागि आफूले सक्नेजति सबै दिने बाचा गर्छु, मैदानमा रहनुन्जेल प्रत्येक मिनेट संघर्ष गर्छु । र, मेरो सबैथोक क्लबलाई दिन्छु,’ उनले भने।

कारेरासले २०१७ देखि २०२० सम्म रियलको युथ टिममा खेलेका थिए। त्यसपछि उनी म्यान्चेस्टर युनाइटेड गएका थिए। युनाइटेडमा सन २०२४ सम्म रहेपनि उनले सिरिजन टिमबाट खेल्न पाएनन्।

सन् २०२४को विन्टर ट्रान्सफरमा लोनमै बेन्फिका गएका उनले सिजनको अन्त्यसँगै स्थायी सम्झौता गरेका थिए। त्यहाँ उनले ५२ खेल खेल्दै ४ गोल गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]