रियल मड्रिडका स्टार इंग्लिस मिडफिल्डर जुड बेलिङ्हमले काँधको सर्जरी गराएका छन्। भर्खरै सम्पन्न क्लब विश्वकप खेलेको बेलिङ्हमले बुधबार लन्डनमा शल्यक्रिया गराएका हुन्।
२२ वर्षीय बेलिङ्घमले काँधको चोट बोकेरै एक सिजन बढी रियल र इंग्ल्यान्डका लागि खेलेका थिए।
चिकित्सकहरूका अनुसार उनलाई रिकभरी हुन दुईदेखि तीन महिना लाग्ने बताएका छन्। अब उनी अक्टोबर अन्त्यबाट मात्रै मैदान फर्कन सक्नेछन्।
यसको मतलब रियलले ला लिगाको सुरुआत आफ्ना स्टार खेलाडीबिनै गर्नेछ। रियलले ला लिगामा अगस्त १९ मा ओसासुनाविरुद्ध पहिलो खेल खेल्ने छ। साथै, उनले च्याम्पियन्स लिगका केही खेल पनि गुमाउने छन्।
यता, रियलका प्रशिक्षक जाभी अलोन्साले खेलाडीको पहिलो प्राथिमकतामा रहेको बताउँदै बेलिङ्घम अझ बलियो भएर फर्कने अपेक्षा गरे।
२०२३ नोभेम्बरमा रियो भ्यालेकानोविरुद्धको खेलका क्रममा उनको काँधमा चोट लागेको थियो। लगत्तै चिकित्सकहरुले शल्यक्रिया गर्न सल्लाह दिए पनि उनी दुखाई सहेरे मैदमामा खेलिरहेका थिए।
