भावना घिमिरे बनिन् लुम्बिनी लायन्सको सिइओ

16 Jul, 2025
Share:
117 Shares

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी घिमिरेलाई बुधबार सिइओ नियुक्त गरेको हो। उनी नेपाल क्रिकेट संघ (क्यान)की पूर्वसिआईओ हुन्।

लुम्बिनी लायन्सले घिमिरेको आगमत पछि क्लबको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा लिएको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले घिमिरेलाई लायन्स परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पु¥याउनेछ विश्वास व्यक्त गरे। उनको नेतृत्वमा लुम्बिनी लायन्सको यात्रा थप प्रेरणादायी, उद्देश्यपूर्ण र सफल हुने विश्श्वास उनको छ।

घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन्।

पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी लायन्सले दोस्रो संस्करणका मार्की खलाडी तथा कप्तान रोहितकुमार पौडल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, दिनेश अधिकारी र अविशेष गौतमलाई रिटेन गरेको छ।