सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर, मुलपानी र भरतपुरको गौतम बुद्ध रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाउने निर्णय गरेको हो।
क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन्।
‘नेपाली क्रिकेट राष्ट्रिय टिमले निकै ठूलो सफलता हासिल गरेको छ। बैठकमा त्यसबारे पनि छलफल भयो,’ मन्त्री शर्माले भनिन्, ‘सरकारले अब विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ।’