क्यानले छान्यो भारतमा हुने क्याम्पका लागि खेलाडी, को–को परे?

18 Jul, 2025

नेपाल क्रिकेट संघ (क्यान)ले ओमान आयोजना हुने टि–२० विश्वकप छनोटको तयारीका नेपाली टिमलाई भारत पठाउँदै छ।

बैंग्लोरस्थित राष्ट्रिय प्रशिक्षण केन्द्रमा हुन क्याम्पका लागि क्यानले शुक्रबार २० खेलाडी छनोट गरेको छ। जसमा युवराज खत्री, आकाश चन्द, शुभ कंशकारजस्ता युवा खेलाडी छन् भने टिममा कुशल भुर्तेल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ र आरिफ सेखजस्ता राष्ट्रिय टिमका नियमित सदस्य छन्।

क्यानले घोषणा गरेको टिममा भेट्रान खेलाडीद्वय सोमपाल कामी र करण केसी, सन्दीप लामिछाने तथा प्रतिबन्द्धपछि भर्खरै टिममा फर्किएका विस्फोटक अलराउन्डर अदिल आमल भने छैनन।

यो क्याम्प जुलाई २१ देखि अगस्त ३ सम्म आयोजना हुनेछ। क्यानले यो क्याम्प नेपालस्थित भारतीय दूतावासको सहकार्य र बिसिसिआईको सहयोगमा आयोजना गरेको हो।

राष्ट्रिय टिमको प्रारम्भिक क्याम्पमा रहेका बाँकी खेलाडीले नेपालमै प्रशिक्षण गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन्।

नेपाली टिम : रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेत, आसिफ सेख, आरिफ सेख, लोकेश बम, भीम सार्की, अनिलकमार साह, कुशल मल्ल, रुपेश सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, साग ढकाल, आकाश चन्द र शुभ कंशकार।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]