जापानिज स्टार होन्डाको क्लब ‘एसिया वारियर्स’मा रोहित चन्द

20 Jul, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिष्य टिमका स्टार खेलाडी रोहित चन्द जापानिज लिजेन्ड फुटबलर केइसुके होन्डाको क्लब ‘एसिया वारियर्स एफसी’मा आबद्ध भएका छन्।

यो वर्षको सुरुआतमा गठन भएको टोलीमा एसियाका चर्चित खेलाडीहरूलाई सहभागी भएका छन्। क्लबले चर्चित खेलाडीहरुमार्फत मैदानभित्र र बाहिर सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित लिएको छ।

होन्डाले सन्न्यासनजिक रहेका एसियाली खेलाडीहरूलाई समेटर यो टोली निर्माण गरेका हुन्, जसमा नेपालका रोहितले पनि स्थान बनाएका छन्।

एसिया वारियर्सले पहिलो खेल इन्डोनेसियाको क्लब पर्सिक केदिरीविरुद्ध जुलाई २०, २०२५ मा खेल्नेछ। उक्त मैत्रीपूर्ण खेललाई विश्व फुटबलमा एसियाली लिजेन्डको एकताको प्रतिकको रूपमा हेरिएको छ।

रोहितले लामो सयम इन्डोनेसियामा व्यवसायिक फुटबल खेलेका थिए। उनी अहिले पनि नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी हुन्।