यू-२० महिला साफमा नेपाल र बंगलादेश भिड्दै, उपाधि जित्न नेपालले खेल जित्नै पर्ने

21 Jul, 2025

यू–२० महिला साफ च्याम्पियनसिप आजबाट सकिँदैछ। ४ टिम सहभागी डलब राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली बंगलादेश भीड्दै छन्।

खेल बंलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ।

दुवै टिमको उपाधि होड कायम रहेकाले यो खेल फाइनल सरह छ। डिफेन्डिङ च्याम्पियन बंगलादेश १५ अंकसहित शीर्ष स्थानमा छ भने १२ अंकसहित नेपाल दोस्रो स्थानमा छ।

नेपाललाई च्याम्पियन बन्न बंगलादेशलाई हराउनै पर्छ। जित निकाले बंगलादेशलाई गोलअन्तरमा पछि पार्दै नेपालले उपाधि जित्ने छ।

यता, पहिलो खेलमा नेपाललाई ३–२ले हराएकाले बंगलादेशलाई उपाधि रक्षा गर्न बराबरीकै काफी छ। त्यसैले त्यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]