अनिल कुम्बलेपछि म्यान्चेस्टरमा डेब्यू गर्ने पहिलाे भारतीय खेलाडी बने अंशुल कम्बोज

23 Jul, 2025

भारत र इंग्ल्यान्डबीचको टेस्ट सिरिजको चौथो खेल म्यान्चेस्टरमा सुरु भएको छ। खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि भारतले ब्याटिङ थालेको छ।

यही खेलमार्फत फास्ट बलर अंशुल कबोजले भारतीय टेस्ट टिममा डेब्यू गरेका छन्। योसँगै उनी ३५ वर्षपछि म्यान्चेस्टरमा डेब्यू गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्।

सन् १९९० मा अनिल कुम्बलेले टेस्ट टिममा डेब्यू गरेयता कुनै पनि भारतीय खेलाडीले म्यान्चेस्टरमा डेब्यू गर्न पाएका थिएनन्।

२४ वर्षीय कम्बोजलाई केही दिनअघि मात्र भारतीय टिममा बोलाइएको थियो। उनलाई घाइते भएका अर्शदीप सिंहको स्थानमा टिममा बोलाइएको हो। उनले अर्का बलर आकाश दीप घाइते हुँदा म्यान्चेस्टरमा डेब्यूको मौका पाए।

अघिल्लो सिजन घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कम्बोज चर्चामा थिए।

यस्तै, सिरिजनमा २–१ले पछि रहेको भारतले म्याचेस्टर टेस्टमा ३ परिवर्तन गरेको छ। भारतले कम्बोजसँगै साई सुदर्शन र सार्दुल ठाकुरलाई पनि टिममा राखेको छ।

साईले करुण नायरको स्थानमा टिममा मौका पाएका हुन्। साईले यही सिरिजको पहिलो खेलमा डेब्यूको मौका पाएका थिए। त्यसका दुवै इनिङमा उनको ब्याट नचलेपछि उनी ड्रप भएका थिए।

यस्तै, सार्दुलले भने चोटग्रस्त अलराउन्डर नितिशकुमार रेड्डीका स्थानमा मौका पाएका हुन्। पहिलो टेस्टमा टिममा नरहेको रेड्डीले त्यसपछिका दुवै टेस्ट खेलेका थिए। जसमा उनको ब्याट नचले पनि उनले उत्कृष्ट बलिङ गरेका थिए।

यता, इंग्ल्यान्डले पनि टिममा १ परिवर्तत गरेको छ। उसले लर्ड्स टेस्टकै क्रममा घाइते भएका सोएब बसिरको स्थानमा लियम डाउनसलाई मौका दिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]