भारतीय ओपनर केएल राहुलले इंग्ल्यान्डमा १ हजार बढी टेस्ट रन बनाएका छन्। ५ खेलको टेस्ट सिरिजको म्यान्चेस्टरमा जारी चौथो खेलमा ११ रन बनाएसँगै उनले इंग्ल्यान्डमा १ हजार रनको आँकडा पार गरेका हुन्।
इंग्ल्यान्डमा १ हजार बढी टेस्ट रन बनाउने उनी पाँचौं भारतीय खेलाडी बनेका छन्। रपहिलो इनिङमा ४६ बनाएर आउट भएका उनले कुल २५ इनिङमा यो उपलब्धि हात पारेका हुन्।
यो सिरिजमा राहुलले २ शतकसहित ४२१ रन बनाएका छन्। उनले पहिलो टेस्टको दोस्रो र तेस्रो टेस्टको पहिलो इनिङमा शतक बनाएका थिए।
उनीभन्दा सचित तेन्दुलकर, राहुल द्रविड, सुनिल गावस्कर र विराट कोहलीले यो उपलब्धि हासिल गरेका छन्।
इंग्ल्यन्ड तेन्दुलकरले सर्वाधिक १५७५ रन बनाएका छन्। यसका लागि उनले ३० इनिङ खेलेका छन्। यस्तै, द्रविडले २३ इनिङमा १३७६, गावस्करले २८ इनिङमा ११५२ र कोहलीले ३३ इनिङमा १०९६ रन बनाएका छन्।
