मेसीको मियामी पुगे डे पाउल

26 Jul, 2025

कतार विश्वकपका क्रममा ‘मेसीको बडीगार्ड’को रुपमा परिचित्र मिडफिल्डर रोड्रिगो डे पाउलले अब उनै लियोलन मेसीसँगै व्यवसायिक फुटबल खेल्ने भएका छन्।

स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका उनले डिएगो सिमोनीको टिम छाड्दै आफ्नै कप्तान मेसीको टिम इन्टर मियामी रोजेका छन्।

मियामीले डे पाउलका लागि १५ मिलियन युरो खर्चिनेछ। आजै डे पाउलले मियायीसँग सम्झौता गर्ने बताइएको छ। डे पाउलले मियामीसँग ४ वर्षको सम्झौता गर्ने बताइएको छ।

सन् २०२१मा इटालियन क्लब उडिनेसबाट एट्लेटिको आउका ३१ वर्षीय डे पाउलले यहाँ तीन सिजन बिताउँदा १८७ खेल खेल्दै १४ गोल गरेका छन्। उनी सिमोनीको टिमका महत्वपूर्ण खेलाडी थिए।

सन् २०१८मा अर्जेन्टिनी टिममा डेब्यू गरेका उनले कुल ७८ खेल खेल्दै २ गोल गरेका थिए। पछिल्लो समय अर्जेन्टिनाले प्राप्त सफलतामा उनको भूमिमा महत्वपूर्ण छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]