एनपिएलको अक्सन साउन २४ गते हुने, ४५८ खेलाडीले दर्ता गराए नाम

26 Jul, 2025

दोस्रो संस्करणको नेपाल प्रियिमर लिग (एनपिएल)को अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सन मिति तय गरेको हो।

एनपिएलको मिनि अक्सनमा सहभागी हुन कुल ४५८ खेलाडीले नाम दर्ता गराएका छन्। क्यानले दिएको समयसीमामा ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीले नाम दर्ता गराएका हुन्।

अब साउन २४ मा हुने अक्सनबाट क्लबहरुले खेलाडी टिममा लिने छन्।

अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म हुनेछ। यस्तै, बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ भने सी ग्रेडका खेलाडीको न्युनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको हो।

अक्सनमा खेलाडीमाथि दुई वा दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाए गोलाप्रथाबाट खेलाडी छनोट गरिनेछ।

अक्सनअघि आठ टिममध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स, विराटनगर किंग्स र काठमाडौं गोर्खाजले ६ खेलाडी रिटेन गरेका थिए भने च्याम्पियन जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले समान ७ खेलाडी रिनेट गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]