यू-२० महिला एसियन कप छनोटका लागि टिम घोषणा, साफ च्याम्पियनसिपकै टिमलाई निरन्तरता

27 Jul, 2025

एएफसी यू–२० महिला एसियन कप छनोटका नेपाली टिमको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले १ साताअघि सम्पन्न यू–२० महिला साफ च्याम्पियनसिप खेलेकै टिमलाई निरन्तरता दिँदै एसियन कप छनोटका लागि टिम घोषणा गरेका हुन्।

प्रशिक्षक गुरुङले यू–२० साफाको टिममा १ परिवर्तन मात्र गरेका छन्। उनले झुमा विकको स्थानमा सजिना स्याङ्तानलाई टिममा राखेका छन्।

छनोटमा नेपाल समूह एमा छ । यो समूहमा कोरिया, भुटान र साउदी अरेबिया छन्। यही समूहमा रहेका मंगोलियाले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

यो समूहको खेल भुटानमा अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने छ। समूहको शीर्ष टिमले सिधै छनोट हुनेछ भने समूहका दोस्रो हुने ८ टिममध्ये ३ टिमले पनि एसियन कपमा स्थान बनाउनेछ।

मंगोलियाले नाम फिर्ता लिएपछि दोस्रो हुँदै एसियन कप खेल्ने नेपालको सम्भावना छ। समूहमा भुटान र साउदी नेपालभन्दा निकै कमजोर टिम भएपछि उत्तर कोरिया भने निकै बलियो टिम हो। ऊ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।

नेपाली टिम : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ (गोलकिपर), सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया (डिफेन्डर), कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार (मिडफिल्डर), कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर (स्ट्राइकर) ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]