इंग्लिस क्लब चेल्सीका पोर्चुगिज विंगर जोआ फेलिक्स साउदी क्लब अल नासर जाने भएका छन्।
२५ वर्षीय फेलिक्सको ट्रान्सफरलाई लिएर अल नासर र चेल्सीबीच सहमित भएको फुटबल ट्रान्सफर मार्केटका विज्ञ इटालियन खेल पत्रकार फाब्रिसियो रोमानाले बनाएको छ।
उनका अनुसार फेलिक्सको ट्रान्सफरको केही समयमा औपचारिक घोषणा हुनेछ। अल नासरको प्रस्तावपछि फेलिक्सले क्रिस्टियानो रोनाल्डोसँग कुराकानी गरेको र त्यसपछि उनी साउदी क्लब जान तयार भएको रोमानाले उल्लेख गरेका छन्।
अल नासरले फेलिक्स लोनमा नभइ पर्मानेन्ट अनुबन्धन गर्ने बताइएको छ। फेलिक्सलाई भित्र्याउन उनकै बाल्यकालको क्लब बेन्फिकाले पनि चासो देखाएको थियो।
फेलिक्ल अघिल्लो सिजन मात्र एट्लेटिको मड्रिडबाट चेल्सी आएका थिए। टिमका स्थान बनाउन असफल भएपछि उनी जनवरीमै लोनमा इटालीयन क्लब एसी मिलानबाट खेलेका थिए।
त्यसअघि उनले १ सिजन लोनमै बार्सिलोनाबाट पनि खेलेका थिए। सन् २०१९मा बेन्फिकाबाट १२६ मिलियन युरोमा एट्लेटिको आएका फेलिक्सले त्यहाँ १३१ खेल खेल्दै ३४ गोल गरेका थिए।
फेलिक्सले पोर्चुगलका लागि ४५ खेल खेल्दै ९ गोल गरेका छन्।
