स्पेनलाई पेनाल्टीका हराउँदै इंग्ल्यान्डले जित्यो महिला युरोकप

28 Jul, 2025
Share:
117 Shares

महिला युरोकपको उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा स्पेनको २ प्रहार गोलरक्षक हाना हाम्पटनले बचाउँदै टिमलाई च्याम्पियन बनाइन्।

इंग्ल्याण्डले पहिलोपटक विदेशी भूमिमा ठूलो उपाधि जितेको हो। पहिलो हाफमा पछाडि परेपनि दोस्रो हाफमा गोल फर्काउँदै इंग्ल्याण्डले खेलमा आफूलाई जीवितै राखेको थियो ।

२५औं मिनेटमा मारिओना काल्देन्तेले गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। ५७औं मिनेटमा इंग्ल्याण्डकी अलेसिया रुसोले बराबरी गोल फर्काइन्।
त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो।

टिमलाई उपाधि दिलाउन नसकेपनि स्पेनकी एइटाना बोनमती प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन्। टिमलाई फाइलनसम्म पु¥याउन उनको भूमिका महत्वपूर्ण थियो। सोही कारण उनलाई गोल्डन बल दिइयो। उनी लगतार दुई पटककी बालोन डे’ओर विजेता पनि हुन्।