इंग्लिस क्लब लिभरपुलका कोलम्बियन विंगर लुइस डिजाजले जर्मन जायन्ट बायर्न म्युनिख जाने भएका छन्।
पटक पटकको प्रयास पछि डियाजको बायर्न आगमन पक्का भएको हो। उनको टान्सफरलाई लिएर लिभरपुल र बायर्नबीच आइतबार सहमति भएको थियो।
बायर्नले २८ वर्षीय कोलम्बियन विंगरका लागि ७५ मिलियन युरो खर्चिएको छ। डियाजको प्रदर्शन अनुसार लिभरपुले थप बोनस पनि पाउने सहमति भएको छ।
डियाज टोकियोबाट आज म्युनिख पुगेर मेडिकल परीक्षण गर्ने छन्। त्यसपछि उनले बायर्नसँग औपचारिक सम्झौता गर्ने बताइएको छ।
जमाल मुसियाला घाइते भएको, लिरोए सानो र थोमस मुलरले क्लब छाडेको तथा सर्ज गनाब्रीले पनि क्लब छाड्ने भएपछि बायर्न विंगरको खोजीमा थियो। सोही कारण उसले डियाजलाई भित्र्यान पटक–पटक प्रयास गरेको थिाये।
डियाजले सिजनको अन्त्यसँगै लिभरपुल छाड्न चाहना राखेका थिए। जुलाईको सुरुआतमा भने उनले लिभरपुल छाड्ने औपचारिक रुपमै बताएका थिए।
लिभरपुलको टिम अहिले प्रिसिजन टुरमा जापानमा छ। टिमसँगै टुरमा रहेपनि डियाजले शनिबार भएको एसी मिलानसँग मैत्रीपूर्ण खेल खेलेका थिएनन्। लिभरपुल छाड्ने पक्का भएकाले डियाजलाई एसी मिलानविरुद्ध नखेलाइएको प्रशिक्षक अर्न स्लटले बताएका थिए।
सन् २०२२ को जनवरीमा पोर्टोबाट ४५ मिलियन पाउण्डमा लिभरपुल आएका उनले त्यसयअत एन्डफिल्ड क्लबका लागि ११५ खेलमा ४६ गोल गरेका छन्। उनको सम्झौता २०२७ सम्म छ।
यता, लिभरपुलले यसअघि जर्मन क्लब फ्रांकफर्टछबा ९० मिलियन युरोमा स्ट्राइकर हुगो इकिटिके र बायर लेभरकुसनबाट ११६ मिलियन युरोमा विंगर फ्लोरिन विर्ट्ज लाई अनुबन्धन गरिसकेको छ।
